लक्ष्मीपूजामा रिलिज हुन लागेको अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित चलचित्र ‘मालिका’ को ‘सर सर…’ गीत सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ भने आस्था राउतले स्वर भरेकी छन् ।
भिडियोमा चलचित्रका लिड कलाकार रेखा र कमला वलीको यात्रा देखाइएको छ । गीतबारे रेखा भन्छिन्, ‘गीतमा छोरी चेलीको आजको अवस्था बिम्बित गरिएको छ । यो गीत सबै प्रकारका असमानता, बिभेद र आक्रमण बिरुद्धको आवाज हुनेछ ।’
रामशरण उप्रेतीको छायांकन रहेको यो चलचित्रको पटकथा शिवम अधिकारीले लेखेका हुन् । चलचित्रमा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ ।
नर कार्की फिल्मका कार्यकारी निर्माता समेत हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् । यसअघि सार्वजनिक भएको ‘मालिका’ को ‘हल्का माया’ बोलको गीत अहिले चर्चामा छ ।
गीत हेर्नुहोस् :-