दर्शक बढाउँदै ‘मिस्टर भर्जिन’



शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको यौन मनोविज्ञानमा आधारित चलचित्र ‘मिस्टर भर्जिन’ ले थप २३ हलमा आफ्नो कब्जा जमाएको छ ।

दर्शकबाट मिलेको बलियो वर्ड अफ माउथका कारण चलचित्रको हल संख्या बढ्दै गएको निर्माता खिलेन्द्र तिमल्सिनाले बताए । राजधानीका मल्टिप्लेक्समा पनि चलचित्रको शोज थपिरहेको उनी बताउँछन् ।

फिल्मले राम्रो प्रतिक्रिया पाएका कारण आगामी दिनमा हल संख्यासँगै दर्शकको फ्लो पनि बढ्दै जानेमा निर्देशक बिशारद बस्नेत विश्वस्त देखिएका छन् । प्रायः दर्शकले धेरैपछि फरक विषयवस्तुको रमाइलो फिल्म हेर्न पाएको प्रतिक्रिया दिएका छन् ।

वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह-निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu