प्रदर्शन मिति घोषणासँगै ‘जय श्री दाम’ को फर्स्टलुक बाहिरियो



चलचित्र ‘जय श्री दाम’ को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा लिड अभिनेत्री जेबिका कार्कीलाई स्थान दिइएको छैन ।

मुख्य अभिनेता त्रय अमृत ढुङ्गाना, विनोद न्यौपाने र राजन खवितडा फिचर छन् । नामले नै कमेडी बोल्ने चलचित्रको पोस्टरमा पनि पात्रहरुलाई सोहि प्रकारले फिचर गरिएको छ ।

राजन खतिवडा पण्डितको भेषमा प्रस्तुत हुँदा अमृत र विनोदले गमलालाई नमस्ते गरेको अवस्थामा देखिन्छन् । पोस्टरको ब्याकग्राउण्डमा नेपाली रुपैयाँको नमुना जोडिएको छ ।

मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको चलचित्रलाई बिप्लोप उप्रेतीले निर्देशन गरेका हुन् ।

चलचित्रको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह-निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य छन् ।

निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’ लाई मित्र डि गुरुङको सम्पादन छ भने रविन आचार्य डिओपी रहँदा सिनेम्याट्रोग्राफरमा नवराज उप्रेती छन् ।

यो चलचित्रमा संगीत सुशआन्त गौतमको छ । अमृत ढुङ्गाना, राजन खतिवडा, जेबिका कार्की, विनोद न्यौपानेसँगै प्रमोद अग्रहरी र विष्णु सापकोटा पनि चलचित्रमा लिड अभिनयमा छन् ।

यसैबीच निर्माण टिमले चलचित्रको अफिसियल प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । यो चलचित्र आगामी पौष २० बाट दर्शकमाझ आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu