‘रेनी’ को ‘माया यो कस्तो माया’ गीत सार्वजनिक (भिडियो)



भाद्र ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रेनी’ को ‘माया यो कस्तो माया’ बोलको गीत सार्वजनिक भएको छ छ । गीतमा गायिका मेलिना राईको स्वर छ ।


विनोद खम्बुको संगीत र गुरु भुटियाको शब्द रहेको गीतले वियोग बोल्छ । फिल्मका लिड कलाकार दीपक ढकाल र सनम मल्ल भिडियोमा फिचर्ड छन् ।

बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको फिल्मलाई गिरिश रिजालले निर्देशन गरेका हुन् । नव-अभिनेत्री सनमले नै यस चलचित्रको स्क्रिप्ट लेखेकी हुन् ।

फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल, टंक डुम्रे, गुरु भुटिया, बिजय तिखातारिलगायतका कलाकारले अभिनय गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu