सनीले खेल्ने ३० करोडको ‘पासवर्ड’ मा अनुप भिलेन



२/३ करोडमा नेपाली चलचित्र निर्माण हुनु सामान्य भइरहँदा अब ३० करोडमा पहिलो पटक नेपाली चलचित्र निर्माण हुने भएको छ । चलचित्रको नाम हो ‘पासवर्ड’ ।

सम्राट बस्नेतले निर्देशन गर्ने चलचित्रको छायांकन आइतवारबाट लन्डनमा सुरु हुँदैछ । ९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत नेपालमा हुने चलचित्रले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा पेश गर्नेछ ।

विक्की जोशी, दुई नव-नायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत चलचित्रका मुख्य कलाकार हुन् । यसमा अनुपको नेगेटिभ रोल छ ।

सस्पेन्स, एक्सन र थ्रीलर जानरामा बन्ने चलचित्रमा संगीत अर्जुन पोखरेलको हुनेछ । चलचित्रलाई नेपालको चलचित्र विकास बोर्डसहित व्रिटिस फिल्म इन्स्च्यिुटमा समेत दर्ता गरेर निर्माण गर्न लागिएको निर्देशक बस्नेतले जानकारी दिए ।

बलिउड अभिनेत्री सनी लियोनीले अभिनय गर्न लागेका कारण पनि यो चलचित्र अहिले खबरमा छ । यसमा उनको आइटम डान्स र स्पेसल अपिरिएन्स हुने निर्माण टिमबाट जानकारी प्राप्त छ । स्रोतका अनुसार, आइटम डान्सका लागि सनीले नेपाली २ करोड बुझेकी छन् ।

उनले चलचित्रका मुख्य अभिनेता विक्की जोशीसँग स्क्रिन साझेदार गर्नेछिन् । सन्नी यसका लागि केही सातामै लन्डन पुग्नेछिन् । गीतलाई भारतबाटै आउने कोरियोग्राफरसहितको टीमले नृत्य निर्देशन गर्नेछ ।

अमित बस्नेत र हिरल जोशी ‘पासवर्ड’ का निर्माता हुन् । सौरभ लामाको छायांकन हुने चलचित्रलाई सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन् । आगामी जनवरी २०१९ मा चलचित्रलाई नेपाल रिलिज गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu