‘कृष ४’ मा प्रियंका अनुबन्ध



अभिनेत्री प्रियंका चोपडा नयाँ चलचित्र साइन गरेकी छन् । हालै सलमान खान स्टारर चलचित्र भारत छाडेकी उनी ऋतिक रोशनको प्रमुख भूमिका रहने चलचित्र ‘कृष ४’ मा अनुबन्ध भएकी छन् ।

यो ब्राण्डका अघिल्ला सिक्वेलहरुमा पनि यो कपलले सँगै काम गरेका थिए । तर, यसपाली निर्देशक राकेश रोशनलाई प्रियंकाले आफ्नो फिल्म खेल्दिनन् कि भन्ने आशंका थियो । सलमानको भारत छाडेका कारण आफ्नो चलचित्र खेल्लिन् भन्नेमा उनी विश्वस्त थिएनन् ।

आशंकाका बीच राकेशले अफर भने गरे । उनको अनुमान विपरित प्रियंकाले तत्कालै चलचित्र खेल्न सहमति जनाइन् । जबकि, उनले स्किृप्ट पनि हेरेकी छैनन् ।

कृष नायकप्रधान फिल्म भएकाले नायिकाको रोल खासै तगडा हुँदैन । तरपनि प्रियंका चलचित्रमा काम गर्न तयार हुँदा अहिले ऋतिकका पिता तथा निर्देशक राकेश गदगद छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu