भाद्र २२ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘रोज’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री द्वय परमिता आरएल राणा र मिरुना मगरको वरिपरि ट्रेलर घुमेको छ ।
गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रमा बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोललगायतका कलाकारहरुको अभिनय छ ।
नीरक पौडेल निर्देशित उक्त चलचित्रले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतारचढाव पेश गर्छ । उद्धव पौडेल यसका प्रस्तुतकर्ता हुन् ।
आयरा पौडेल र आरोही केसीको निर्माण रहेको ‘रोजी’ लाई राजु विक्रम थापाले खिचेका हुन् । केदार भुषालको कथामा तयार भएको चलचित्रको सम्पादनको जिम्मेवारी मित्र डि गुरुङले सम्हालेका छन् ।
भिडियो :-
अर्जुन पोखरेलको संगीत रहेको ‘रोज’ मा कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी छ ।