भाद्र २२ गतेलाई प्रदर्शन मिति तय गरिएको प्रतिक्षीत चलचित्र ‘रामकहानी’ को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्रमा समावेश ‘आएँ म तिम्रो छेउ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेको हो ।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तले स्वर दिएका छन् । गीतले प्रेमभाव बोल्छ । लिरिकल भिडियोमा आकाश र पूजाको रोमान्टिक चल र अचल दृश्यहरु समावेश छन् ।
रोमान्टिक कमेडी चलचित्र ‘रामकहानी’ लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । ‘प्रेमगीत’, ‘मेरो एउटा साथी छ’, ‘म यस्तो गीत गाउँछु’ जस्ता दर्शकको नजरमा उत्कृष्ट ठहरिएका फिल्म दिएका उनको यो चलचित्रमाथि पनि दर्शकको ठूलो आश छ ।
केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेलेलगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको चलचित्रको कथा निर्देशक थापा स्वयमले लेखेका हुन् ।
भिडियो :-