फ्राईडे रिलिज : ‘नाइँ नभन्नू ल–५’ र ‘रेनी’



फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि दुई चलचित्र ‘नाइँ नभन्नू ल–५’ र ‘रेनी’ एकसाथ प्रदर्शनमा आएका छन् । गीतसंगीत र ट्रेलरका कारण रिलिज अगावै दर्शकमाझ प्रतिक्षीत बनेको ‘नाइँ नभन्नू ल–५’ लाई भेट्रोन निर्देशक विकासराज आचार्यले निर्देशन गरेका हुन् ।

बाल कलाकार अनुभव रेग्मी र अभिनेत्री प्रियंका कार्कीको चौथो पटकको निरन्तरतासँगै निरुता सिंह, दीलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्कालगायत केही कलाकार पहिलो पटक यो चर्चित फ्रेन्चाइजको सदस्य बनेका छन् ।

‘नाइँ नभन्नू ल–५’ बाट यसपटक बाल कलाकारमा सेड्रिना शर्मा र नव-नायकमा अभिषेक नेपालले डेब्यू गरेका छन् ।


चलचित्रमा यसपाली इलाम र झापालाई कथाको पृष्ठिभूमि बनाइएको छ । वान टाइम सिनेमाको ब्यानरमा बनेको चलचित्रको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् ।

बाल कलाकार अनुभव रेग्मी, इमोसनल स्टोरी अनि मीठो संगीत ‘नाईँ नभन्नू ल’ शृंखलाका विशेषता रहँदै आएका छन् । पाँचौं शृंखलामा पनि ती तीन कुरा नछुटेको निर्देशक आचार्य बताउँछन् । उनका अनुसार, सदा झैं ‘नाईं नभन्नू ल ५’ पनि फेमिली ड्रामा चलचित्र हो ।

उक्त चलचित्रलाई निर्देशक आचार्य र सामीप्यराज तिमल्सेनाले मिलेर लेखेका हुन् भने छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

यस्तै, लभस्टोरी जनराको चलचित्र ‘रेनी’ लाई गिरिश रिजालले निर्देशन गरेका हुन् । बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको यस फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साललगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu