‘नाइँ नभन्नू ल-५’ हेर्दा कलाकारको आँखामा आँशु



शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको ‘नाइँ नभन्नू ल-५’ को राजधानीमा विशेष शोको आयोजना गरिएको छ । जहाँ ‘नाइँ नभन्नू ल’ सिरिजसँग जोडिएका कलाकारदेखि विभिन्न चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति थियो ।


बर्षा राउत, दीपाश्री निरौला, सरोज खनाललगायतका चलचित्रकर्मीले चलचित्र हेरेपछि ‘नाइँ नभन्नू ल-५’ उत्कृष्ट बनेको भन्दै प्रशंसा गरे । विशेष शोमा सहभागी अधिकांश आँखाको आँसु पुछ्दै हलबाट बाहिरिएका थिए । त्यो भिडमा अभिनेत्री द्वय बर्षा राउत र प्रियंका कार्की पनि थिए ।

चलचित्रको कथा नव-बाल कलाकार सेड्रिना शर्मा र अनुभव रेग्मीको वरिपरि घुमेको छ । अभिनेत्री स्वस्तिमा खड्काको बालापनको भूमिका सेड्रिनाले निभाएकी छन् भने नव-अभिनेता अभिषेक नेपालको बाल्यकालको भूमिकामा अनुभव देखिएका छन् ।


विशेष शोमा चलचित्रमा प्रमुख भूमिका निर्वाहा गरेकी सेड्रिनाको सुन्दरता र अभिनयको अधिकांशले तारिफ गरेका छन् । अभिनेता खनालले त उनलाई भविष्यको ‘सुपरस्टार’ नै भनिदिए । डेब्यु चलचित्र भएपनि उनले उत्कृष्ट काम पस्किएकी छन् ।

चलचित्रमा आमा-छोरीको प्रेमलाई पनि मर्मस्पर्शी ढंगबाट प्रस्तुत गरिएको छ । उक्त चलचित्रमा अभिनेत्री निरुता सिंहको रोल थोरै भएपनि यादगार छ । उनले अनुभवकी आमाको भूमिका निर्वाहा गरेकी छन् ।

स्वस्तिमा खड्का, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझीलगायतका कलाकार पनि आ-आफ्नो भूमिकामा फिट छन् । पहिलो हाफ औसत रहेको चलचित्रको दोस्रो हाफ बलियो बनेको छ । २ घण्टा १० मिनेटको ‘नाइँ नभन्नू ल-५’ हलमा दर्शकलाई बाँधेर राख्न सफल छ ।


छायाँकार पुरुषोत्तम प्रधानले फेरि एकपटक आफ्नो उत्कृष्ट काम देखाएका छन् । स्क्रिप्ट राईटर सामिप्यराज तिमल्निाको लेखन परिपक्क छ । उनले यो चलचित्रको कथा निर्देशक आचार्यसँग मिलेर तयार पारेका हुन् । इलामको सौन्दर्यले आँखालाई शित्तलता प्रदान गर्छ ।

गीतसंगीतले राम्रो हाइप बनाएको ‘नाइँ नभन्नू ल-५’ को शुक्रवार बिहानीको अकुपेन्सी ५० प्रतिशतको आसपास छ । दिउँसोबाट हलमा दर्शकको फ्लो बढेको छ । लगातार परेको सार्वजनिक विदाका कारण उक्त चलचित्रको व्यापार आक्रामक हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu