बन्ने भयो ‘ब्ल्याक ईयर’



महिला निर्देशक लक्षु गौतमको निर्देशनमा चलचित्र ‘ब्ल्याक ईयर’ अर्थात् कालो दिन बन्ने भएको छ । फ्लोरमा नजाँदै यस चलचित्रको प्रदर्शन मिति २०७६ बैशाख १२ गतेलाई तय गरिएको छ ।

योगेन्द्र पनेरुले निर्माण गर्ने यस चलचित्रको छायांकन भाद्र १० गतेबाट सुरु हुँदैछ । चलचित्रको प्रमुख भूमिकामा सुरेन्द्र बुढाथोकी र रश्मी शाह छन् ।

उकेश पनेरु, अनुपा खड्का, देव सागर, पवन भट्टराईलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ ।

भुकम्पले एउटा परिवारलाई पुर्‍याएको क्षतिबारे केन्द्रित रहेर चलचित्र निर्माण हुने निर्देशक गौतमले बताइन् ।

फोकस आउट मिडिया प्रा.ली.को ब्यानरमा निर्माण हुने उक्त चलचित्रको छायांकन काठमाडौं र ललितपुरमा हुने बताइएको छ । रामेश्वर हुमागाँईले चलचित्र खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu