‘क्याप्टेन’ पोस्टर रिलिज, अनमोलको यस्तो अवतार



अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहेको चलचित्र ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्देशक दीवाकर भट्टराईले शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत् चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् ।

पोस्टरमा अनमोल खेलाडी अवतारमा प्रस्तुत छन् । पोस्टरको ब्याकग्राउण्डमा उनी ११ नम्बरको जर्सीमा खेल मैदानतर्फ निहालिरहेका छन् । जर्सीमा उनको नाम ‘इशान’ लेखिएको छ ।

गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा चलचित्र ‘क्याप्टेन’ ले बोल्छ । फिल्मको आधिकारिक पोस्टर सार्वजनिक भएपनि प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन ।

भुवन केसीले निर्माण गरेको ‘क्याप्टेन’ मा यसपटक अनमोलले दुई नव-अभिनेत्रीसँग स्क्रिन साझेदार गरेका छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् ।

‘क्याप्टेन’ मा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् ।

‘क्याप्टेन’ मा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । सुदीप बराल डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu