अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले पहिलो पटक एकसाथ स्क्रिन साझेदारी गर्ने भएका छन् । केही वर्षदेखि प्रेममा रहेका अभिनेता -अभिनेत्री लिएर सञ्जीव न्यौपानेले चलचित्र ‘मासु भात’ बनाउन लागेका हुन् ।
उत्कृष्ट कथा र भूमिका भेटेको खण्डमा सँगै काम गर्न तयार रहेको बताउँदै आएका सौगात-सृष्टि दुवैले उक्त चलचित्र साइन गरिसकेका छन् । हाल चलचित्रको लोकेसन हन्टिङको काम भइरहेको छ ।

निर्देशक न्यापानेले लिड रोलमा सौगात र सृष्टिलाई अनुबन्ध गरिएको औपचारिक जानकारी दिए । उनले चलचित्रको विषयमा अन्य जानकारी भने दिन चाहेनन् । चलचित्रको केही दिनमा नै औपचारिक घोषणा गरिँदैछ ।
‘मासु भात’ मा निर्देशक स्वयमको कथा छ । हालै प्रदर्शनमा आएको चलचित्र ‘लालपूर्जा’ मा पनि सौगात र सृष्टिले काम गरेका थिए । दुईको एकअर्कासँग कुनै दृश्य नभएपनि कथा भने उनीहरुकै वरिपरि घुमेको थियो ।




