‘नाइँ नभन्नू ल-५’ को तीन दिने कमाई २ करोडमाथि



शुक्रवारबाट देशभरका सय बढी हलबाट प्रदर्शन आरम्भ गरेको चलचित्र ‘नाइँ नभन्नू ल-५’ को विकेन्ड कलेक्सन सार्वजनिक भएको छ । शुक्रबार देशभर ४६ लाख रुपैयाँ व्यापार गरेकोमा चलचित्रले शनिबार बढेर १ करोड २ लाख रुपैयाँको कलेक्सन गर्न सफल भयो । तेस्रो दिन ७४ लाख रुपैयाँ कमाएको वितरकबाट रिपोर्ट प्राप्त छ ।

तीन दिने विकेन्ड कलेक्सन जोड्ने हो भने ‘नाइँ नभन्नू ल ५’ ले २ करोड २२ लाखको कलेक्सन गर्न सफल भएको छ । १ करोड ३५ लाखमा निर्माण भएको यो फिल्मको कलेक्सन रफ्तार यस्तै रहे दोस्रो हप्ताबाट नाफाको बाटोमा हिँड्ने पक्का छ ।

चलचित्रको सुखद ओपनिङले उत्साहित बनेका निर्देशक विकासराज आचार्यले ‘नाइँ नभन्नू ल-६’ समेत बनाउन जोस बढेको सुनाए । उनी भन्छन्, ‘चलचित्र हेर्नुभएका दर्शकले यसको छैटौं श्रृंखला कहिले बन्छ भनेर सोध्नुभएको छ । यो हाम्रो लागि ठूलो सफलता हो ।’

इलामको मनोरम लोकेसन, छायांकन र कलाकारहरुको दमदार अभिनयले ‘नाइँ नभन्नू ल-५’ उत्कृष्ट बनेको दर्शकको प्रतिक्रिया छ । चलचित्र हेर्ने अधिकांशले बाल कलाकार सेड्रिना शर्माको कामको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, दीलिप रायमाझीलगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रबाट अभिषेक नेपालले अभिनेतामा डेब्यु गरेका छन् । पुरुषोत्तम प्रधान चलचित्रका छायाँकार हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu