‘बानेश्वरको गाईजात्रा’ मा पूजादेखि सेड्रिनासम्मले मर्काए कम्मर (भिडियोसहित)



रेडियो अडियोले केही वर्षदेखि आफ्नो कार्यालयअगाडि ‘बानेश्वरको गाईजात्रा’ गर्दै आएको छ । यस वर्ष पनि यसले निरन्तरता पाएको छ । उक्त गाईजात्रामा कार्यक्रममा देशका चर्चित हास्यकलाकारले बानेश्वरको सडकमा दर्शक हँसाए ।

सयौं दर्शकको उपस्थिति रहेको गाईजात्रामा दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरेलगायतका हास्यकलाकारले आफ्नो प्रस्तुति दिएका थिए । उक्त कार्यक्रम प्रदर्शनको तयारीमा रहेका चलचित्रको प्रचार गर्ने उपयुक्त मञ्च पनि बन्यो ।

भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको ‘रामकहानी’ का लिड कलाकार जितु र केदारसँगै अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले जमेर चलचित्रको प्रचार गरे । चलचित्रमा समावेश ‘तिम्रो लागि म छु…’ बोलको हिट गीतमा उनीहरु कम्मर मर्काउन पनि पछि परेनन् ।

उता प्रदर्शनरत चलचित्र ‘नाईं नभन्नू ल ५’ को प्रचार गर्न बाल कलाकार द्वय अनुभव रेग्मी र सेड्रिना शर्मा पनि गाईजात्रा समारोहमा पुगेका थिए । दुवैले दर्शकलाई चलचित्र हेर्न निम्तो दिँदै ‘बालापन…’ गीतमा ठुम्का लगाए । उनीहरुलाई देखेपछि दर्शकले हुटिङ गरेका थिए ।

यस्तै, हास्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले हास्यव्यंग्य प्रस्तुत गर्दै चलचित्र ‘छक्का पञ्जा ३’ दशैंमा प्रदर्शन हुने जानकारी दिए । दुईले जितु र केदारको साथमा चलचित्रमा समावेश ‘पहिलो नम्बरमा…’ गीतमा आफूसँगै दर्शकलाई पनि नचाए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu