गीतकार शेर्पाको ‘दुई नयन’ सार्वजनिक



गीतकार लाक्पा डेण्डी शेर्पाको ‘दुई नयन’ सार्वजनिक भएको छ । अमेरिकामा बस्दै आएका गीतको शेर्पाको यो पहिलो गीति कोशेली हो । एल्बम ‘दुई नयन’ को राजधानीमा एक समारोहबीच बरिष्ठ गीतकार डा. कृष्णहरि बराल र संगीतकार शक्ति बल्लभले संयुक्तरुपमा सार्वजनिक गरेका थिए ।

एल्बम सार्वजनिक गर्दै गीतकार डा. बरालले भने, ‘गीतकार शेर्पाका गीतहरु मनछुने छन् ।’ उनले एल्बममा समावेश राष्ट्रिय गीतले आफ्नो मन छोएको बताए । त्यस्तै, कार्यक्रममा बोल्दै संगीतकार बल्लभले विदेशमा रहेर पनि नेपाली गीति लेखनमा शेर्पाले देखाएको गीति मोहलाई सकरात्मक रुपमा लिने पर्ने बताए ।

उनले भने, ‘गीतकार शेर्पाले प्रदेशमा बसेर पनि आफूलाई नेपाली गीतसंगीतमा उभ्याएका छन् । यो समग्र नेपाली गीतसंगीत क्षेत्रका लागि सकरात्मक कुरा हो ।’ गीतकार शेर्पाले आफ्ना दुई छोरीमा समर्पित गर्दै एल्बमको नाम ‘दुई नयन’ जुराएको जनाएका छन् ।

आफ्ना छोरीहरु आँखाको नानीजस्तै भएकाले आफ्नो पहिलो सांगीतिक कोशेलीलाई ‘दुई नयन’ नामांकन गरेको उनको भनाइ थियो । सार्वजनिक एल्बममा बुद्धले परिनिर्माण, स्वच्छ आकाश, उठौँ बीरका सन्तती, म त अस्मिता लुटिएकी, (केटा केटी भर्सनमा छ) र माथि है साल्पा लेकैमा बोलका गीत रहेका छन् ।

जसमा जगदिश समाल, यशोदा तिमिल्सिना, विष्णु अधिकारी, गणेश पराजुली, यम बराल, डोमा शेर्पा, एपी शेर्पा र मेलिना राईको स्वर रहेको छ भने संगीत ओम कर्माचार्य, सन्तोष श्रेष्ठ, गणेश पराजुलीलगायतको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu