‘कस्मिक लभ’ को गीतमा प्रशान्त र दीयाको रोमान्टिक अवतार (भिडियो)



प्रदर्शन मिति घोषणा नगरिएको चलचित्र ‘कस्मिक लभ’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘कोया कटरको…’ गीतमा दिनेश सुवेदी शब्द र बाबुल गिरीको संगीत छ ।

रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गताङ्गले गीतमा स्वर दिएका छन् । भिडियोमा प्रशान्त ताम्राकार र दीया मास्के फिचर्ड छन् । राजाराम पौडेल, रिजन थापा, पूजन थापालगायत कलाकार पनि भिडियोमा फिचर्ड छन् ।

बि.एस. बलामी र एस.अधिकारीको संयुक्त निर्देशन रहेको चलचित्रमा शेखर ज्ञावालीको कथा, गौतमराज खड्काको सम्पादन, राहुल राईको छायांकन रहेको छ ।

‘कस्मिक लभ’ लाई सुरज प्रधानले निर्माण गरेका हुन् । रोमान्टिक, कमेडी र सस्पेन्स जनरामा निर्माण भएको चलचित्रमा रिजन थापा, अर्पण थापा, रविन तामाङलगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu