‘सञ्जु’ पछि रणवीरले बढाए दोब्बरले पारिश्रमिक



संजय दत्तको बायोपिक ‘सञ्जु’ बाट सफलता पाएसँगै बलिउड अभिनेता रणवीर कपुरले विज्ञापनमा लिने रकम दोब्बरले बढाएका छन् ।

उनले प्रतिविज्ञापन ३ देखि ३.५ करोड भारू लिदैं आएकोमा त्यसलाई बढाएर ६ करोड पुर्‍याएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

उनले अबको केही सातामा कयौं विज्ञापन खेल्ने बताइएको छ । रणवीर हाल एसियन पेन्टस, पेप्सी, पानासोनिक, रेनल्ट, फ्लिपकार्ट, माक्रोम्यान, साभव तथा हिरोकर्प जस्ता ब्रान्डसँग जोडिएका छन्।

पारिश्रमिक दोब्बर पारेपनि रणवीर भारतका महत्वपूर्ण सेलिब्रेटीको कोटीमा भने पर्दैनन् । ब्रान्ड भ्यालुका हिसाबले भारतमा हाल क्रिकेटर विराट कोहली ९१२ करोड भारूका साथ अग्रस्थानमा छन् ।

उनलाई ६७८ करोड भारूसहित शाहरूख खान र ५९५ करोडसहित दीपिका पादुकोणले पछ्याइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu