साम्राज्ञी र धिरजको ‘इन्टु मिन्टु लन्डनमा’ ट्रेलर रिलिज (भिडियो)



अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको प्रमुख भूमिका रहेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा साम्राज्ञी र धिरजको प्रेम सम्बन्धमा पैदा हुने उचारचढाव देखाइएको छ । दुईको जोडी निकै सुहाएको छ ।

रेनाशा वान्तवा राई निर्देशित यस चलचित्रलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।

आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । चलचित्रको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।

शैलेन्द्र धोज कार्कीको छायांकन रहेको चलचित्रमा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । यो चलचित्र असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu