‘बाँध मायाले’ को उत्तर दिनेलाई पाँच सयको रिचार्ज कार्ड



असोज ५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’ सामाजिक सञ्जाल फेसबकुमा जोडिएका दर्शकलाई मध्यनजर राख्दै प्रचार सुरु गरिएको छ ।

निर्देशक सविर श्रेष्ठले बताए अनुसार प्रत्येक दुइ दिनमा चलचित्र ‘बाँध मायाले’ को एउटा प्रश्न चलचित्रको फेसबुक पेज सोधिनेछ । सोधिएको प्रश्नमा सही जवाफ दिनेलाई पाँच सय रुपैयाँको रिचार्च कार्ड प्रदान गरिनेछ ।

यो क्रम भदौको अन्तिम दिनसम्म जारी रहने निर्माता समेत रहेका श्रेष्ठ बताउँछन् । ‘चलचित्र हलमा नआउञ्जेल यी र यस्तै खाले प्रचार गरिरहने छौं’, सविर भन्छन् ।

लभ स्टोरी चलचित्र ‘बाँध मायाले’ लाई सविर र रामहरी धिताल मिलेर बनाएका हुन् । निर्माताको रुपमा केदार धिताल र बिभिषिका श्रेष्ठ रहेका छन् ।

चलचित्रमा आर्यन र सृष्टिसँगै किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतको अभिनय छ । चलचित्रमा संगीत अर्जुन पोखरेलले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu