नितिन चन्दले नयाँ चलचित्र ‘गीत गजल’ निर्देशन गर्ने भएका छन् । उनले यस चलचित्रमा रुप पोखरेल र आरोही सिंहलाई नेपाली चलचित्रमा डेव्यु गराउँदैछन् ।
विग बजेटमा निर्माण हुने चलचित्रलाई आरोहण क्षेत्रीले निर्माण गर्दैछन् । लभस्टोरी जनरामा निर्माण हुने चलचित्रको लागि मुख्य दुई कलाकार फाइनल गरिए पनि अन्य कलाकार छनोटको चरणमा रहेको निर्माता क्षेत्रीले बताए ।

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन रहेनछ । चलचित्रको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहने छ ।
‘गीत गजल’ को भाद्रको अन्तिम साताबाट छायांकनमा जाने गरि अहिले धमाधम प्रि-प्रोडक्सनको काम भैरहेको छ ।




