चलचित्र ‘बाँध मायाले’ को अमेरिकामा शो सम्पन्न भएको छ । यही अगस्ट २८ तारिखमा सान्फ्रान्सिस्को शहरमा चलचित्रको प्रिमियर भएको हो । प्रिमियर शोमा नायक आर्यन अधिकारी उपस्थित थिए ।
एक्सन लभ स्टोरी चलचित्र ‘बाँध मायाले’ हेरेपछि दर्शकहरु भावुक हँदै हलबाट निस्किएको नायक अधिकारीले बताएका छन् । चलचित्रमा समावेश एक्सन र लभ स्टोरीलाई दर्शकले रुचाएको आर्यनको भनाई छ ।

पुनः सेप्टेम्वर २ तारिखमा सान्फ्रान्सिस्कोमा चलचित्रको शो राखिएको छ । नेपालमा भने यो चलचित्र असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । प्रोमो केही दिनमै सार्वजनिक हुने निर्देशक श्रेष्ठ बताउँछन् ।
एक्सन लभ स्टोरी चलचित्र ‘बाँध मायाले’ मा आर्यनको अपोजिटमा पुर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ प्रस्तुत भएकी छिन् । साथमा राजाराम पौडेल किशोर खड्का, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंगको अभिनय रहेको छ ।

काइट्स इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र ‘बाँध मायाले’ मा रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माताको रुपमा छन् भने सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल छन् । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र अर्जुन पोखरेलको संगीत छ ।




