प्रभासको बिहे यसै वर्ष



‘बाहुबली’ पछि चर्चित दक्षिण भारतीय सुपरस्टार प्रभासको चर्चा खुब छ । यो चलचित्रपछि उनको करिअरले नसोचेको पिकअप लिएको छ । जतिजति उनको चर्चा चुलिँदो छ बिहेको प्रश्नले पनि उनलाई उतिक्कै सताइरहेको छ ।

पछिल्ला वर्षमा धेरै अभिनेत्रीसँग उनको नाम जोडिएको थियो । यद्यपि, उनले कहिल्यै आफ्नो निजी जीवन र प्रेम प्रसंगमा बोलेनन् । यसपटक फेरि प्रभासको विवाहको चर्चा चलेको छ ।

भारतीय सञ्चारमाध्यममा आएको समाचारलाई मान्ने हो भने ‘साहो’ चलचित्र रिलिज भएपछि उनी बिहे गर्नेछन् । यस चलचित्रमा प्रभाससँगै श्रद्धा कपुर, नितिन मुकेश, चंकी पाण्डे र ज्याकी श्राफको अभिनय छ ।

‘साहो’ मा श्रद्धा कपुर प्रभासको जोडी बनेकी छिन् । तर, फ्यानहरूलाई प्रभासको वास्तविक जीवनकी जोडी को हुन् भन्ने चासो छ । केही समयअघि प्रभास र अनुष्का सेट्टीले बिहे गर्ने खबर बाहिर आएको थियो । तर, दुबैले समाचार आधारहीन भएको बताइसकेका छन् ।

मिडियाका अनुसार प्रभासको परिवारले बिहेको मिति पनि तय गरिसकेको छ । तर, दुलहीको नाम र विवाहको मिति दुवै गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu