सकियो अनमोलको ‘क्याप्टेन’ छायांकन



अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहेको चलचित्र ‘क्याप्टेन’ को सम्पूर्ण छायांकन सकिएको छ । चलचित्रको २ महिना छायांकन चलेको थियो ।

कात्तिक १६ गतेबाट प्रदर्शनमा आउने चर्चामा रहेको यो चलचित्रको केही हप्तामा पहिलो गीत सार्वजनिक हुँदैछ । उक्त चलचित्रमा भिएफएक्सको अधिक प्रयोग हुने बताइएको छ । यसमा अनमोल पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् ।

जिल्ला स्तरिय हुँदै राष्ट्रिय फुटबल टिमको क्याप्टेन भएको एक युवकको संघर्षको कथा यो चलचित्रले बोल्नेछ । हालै सार्वजनिक भएको पोस्टरले पनि चलचित्रको मूल कथा प्रस्ट्याएको छ । पोस्टरमा अनमोललाई फुटबल खेलाडीको अवतारमा देख्न सकिन्छ ।

‘क्याप्टेन’ मा अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय छ । फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् ।

‘क्याप्टेन’ मा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । सुदीप बराल डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu