‘प्रेमगीत’ निर्माता सन्तोष सेन निर्मित चलचित्र ‘मेरी मामु’ शुक्रवारबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको छ । यस चलचित्रबाट उनका ६ वर्षे छोरा आयुव सेनले डेब्यु गरेका छन् ।
मोफसल प्रचार आक्रामक भएकाले यस चलचित्रको इनिसियल व्यापार सुखद हुनसक्ने विश्वास निर्माण टिमलाई छ । निर्माताले चलचित्रको प्रचारका लागि ३० लाख बढी खर्च गरेका छन् ।
निर्माता सेनले आफ्नो जन्मदिनको छेको पारेर उक्त चलचित्र प्रदर्शनमा ल्याएका हुन् । बाल मनोविज्ञानमा आधारित यस चलचित्रले आमा र छोरा वीचको दूरी र आत्मीयताको कथा वाचन गरेको छ ।
‘मेरी मामु’ मा कुसुम गुरुङ, शारुक ताम्राकार, अश्लेषा ठकुरीलगायतका कलाकाहरुको अभिनय छ । यम थापाले चलचित्रको निर्देशन गरेका हुन् । कथा पनि उनकै हो ।