‘अनुराग’ ट्रेलर सार्वजनिक, समुन्द्रको प्रेममा एलिजा (भिडियो)



असोज १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अनुराग’ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नव अभिनेत्री एलिजा गौतम र नव नायक समुन्द्र पण्डित वीचको प्रेम, रोदन, विछोड देखाइएको छ ।

‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ ।

सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो चलचित्र सांगीतिक प्रेमकथामा आधारित छ । ऋषि धमला प्रस्तुतकर्ता रहेको चलचित्रलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् ।

भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu