प्रदीप भन्छन्, ‘पैसाका लागि चलचित्र गर्दिनँ’



भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षीत चलचित्र ‘रोज’ ले पोखराबाट देशव्यापी टुरको थालनी गरेको छ । विहिबार पोखरामा प्रेसमिट र कन्सर्ट आयोजना गरियो । मिडटाउन ग्यालरी हलमा आयोजित संवाददाता सम्मेलनमा कलाकार र गायकले चलचित्रमाथि प्रकाश पारे ।

प्रदीप खड्का, मिरुना मगर, परमिता राणा, प्रताप दास लगायत टुरमा सहभागि छन् । आफू पहिलोपटक रोमान्टिक जनरबाट पर हटेर थ्रीलरमा काम गरेकाले दर्शकले भिन्न टेस्टमा प्राप्त गर्ने अभिनेता खड्काले बताए ।

आफ्ना अघिल्ला फिल्म पोखरेली सिनेमा घरमा राम्रो चलेकाले ‘रोज’ लाई पनि स्थानीय दर्शकले माया गर्ने विश्वास उनले व्यक्त गरे । राम्रा चलचित्रलाई निःशुल्क गर्न तयार भएको जनाउँदै प्रदीपले पैसाको पछि मात्र लाग्ने आरोप अस्वीकार गरे ।

अभिनेत्री परमिताले आफ्नो जीवनको नजिक पात्रको भूमिकामा आफूले अभिनय गरेको बताइन् । ‘कतै न कतै मेरो जीवनको नजिक मुख्य पात्र भएकाले मलाई काम गर्दा सजिलो र इन्टिमेट महसुस भयो’ राणाले सोधिएका प्रश्नको जवाफ दिइन् ।

अभिनेत्री मिरुना मगरले प्रदीपसँग काम गर्दा केमेस्ट्री निर्माण भएको बताउँदै आफूले उनलाई सरल र यथार्थवादी व्यक्तिको रुपमा लिएको बताइन् । गायक प्रताप दासले चलचित्रको चर्चित गीत ‘फूल हैन…’ गीत गाएर सुनाए ।

टुर पोखरा, बुटवल, नारायणगढ, धरान, इटहरीदेखि बिर्तामोड पुगेर टुंगिनेछ । नीरक पौडेल निर्देशित चलचित्रलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu