हेर्नुहोस् आर्यन र सृष्टिको ‘बाँध मायाले’ ट्रेलर (भिडियो)



असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी अभिनीत चलचित्र ‘बाँध मायाले’ को ‘कलरफूल’ ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, विछोड, रोदन सबै अटाइएको छ । आर्यन र सृष्टि बीचको प्रेम सम्बन्धले ल्याउने आरोहअवरोहलाई देखाउन खोजिएको छ । दुईको केमेस्ट्री लोभलाग्दो देख्न सकिन्छ ।


लभस्टोरी चलचित्रका पाखरीका लागि निर्देशक सविर श्रेष्ठले गतिलो प्याकेज बोकेर आएको ट्रेलरबाट अनुमान गर्न गाह्रो छैन । पहिलो पटक स्क्रिन साझेदारी गरेका आर्यन र सृष्टि ‘बाँध मायाले’ मा अर्जुन र श्रद्धाको भूमिकामा छन् ।

चलचित्रलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ ।

चलचित्रमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । यसै चलचित्रबाट किशोर खड्का नायकको रुपमा आउँदैछन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu