‘चौका दाउ’ को ‘राधा पियारी…’ गीत सार्वजनिक (भिडियो)



प्रदर्शन मिति तय नभएको चलचित्र ‘चौका दाउ’ को पहिलो गीत ‘राधा पियारी…’ सार्वजनिक भएको छ । गीतमा चर्चित संगीतकार तथा गायक शम्भुजित बाँस्कोटाले स्वर भरेका छन् ।

उनलाई गायनमा कोमल राजभण्डारीले साथ दिएकी छन् । श्रीपुरुष ढकाल र दयाराम पाण्डेको शब्द रहेको गीतमा गायक बाँस्कोटा स्वयमको संगीत रहेको छ । गीतको भिडियोमा चलचित्रका लिड कलाकारहरु फिचर्ड छन् ।

कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा अभिनेत्री बर्षा राउतलाई ‘राधा पियारी’ भन्दै पछि परेका छन् । गीतमा बर्षाका लागि मरिहत्ते गर्ने युवा र अर्धबैशे पुरुष पात्रहरुको चरित्र चित्रण गरिएको छ ।

लोक फ्लेवरमा तयार पारिएको गीतले चलचित्रको मूल कथा प्रस्ट्याएको निर्देशक पुर्नेन्दु झाले बताए । यसमा संगीतकार बाँस्कोटाको कथा छ । उक्त चलचित्रमा तैयव शाह, निर्मल शर्मालगायतका कलाकारहरुको पनि अभिनय छ ।

सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निमार्ण रहेको यो चलचित्रलाई दिर्घ गुरुङले खिचेको हुन । ‘चौका दाउ’ मा भिमफेदी ग्याइजको कोरियोग्राफी र मित्र डि.गुरुङको सम्पादन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu