पोखरामा ‘ए मेरो हजुर ३’ को मुहूर्त



चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकिएको चलचित्र ‘ए मेरो हजुर ३’ को शनिवार पोखराको विन्दावासिनी मन्दिरमा शुभ साइत गरिएको छ ।

यो चलचित्रबाट अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले डेब्यु गर्दैछिन् । सुपरस्टार अनमोल केसीसँग उनको जोडी बाँधिएको छ । चलचित्रको मुहूर्तमा अनमोल र सुहाना दुवै उपस्थिति थिए ।

दोस्रो पटक झरनाले यो चलतिचत्र निर्देशन गर्दैछिन् । उनका श्रीमान तथा निर्माता सुनिल कुमार थापाले उक्त चलचित्र निर्माण गर्नेछन् । यो चलचित्रको छायांकन केही हप्तामा सुरु हुने निर्देशक थापाले जानकारी दिइन् ।

सुहाना डेब्यु चलचित्रलाई लिएर उत्साहित देखिएकी छन् । अनमोलले पहिलो पटक स्टार किड्ससँग काम गर्न पाउँदा खुसी लागेको बताए । रोमान्टिक लभस्टोरी जानरामा निर्माण हुने उक्त चलचित्र सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu