असोज १२ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘कथा काठमाण्डू’ को ट्रेलर रिलिज भएको छ ।
‘रातको कुरा…’ बोलको गीतमा झैं ट्रेलरमा पनि अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनलाई विशेष स्पेश दिइएको छ ।

काठमाडौंमा जीविकोपार्जन गर्नका लागि बाध्यताले यौनधन्दामा संलग्न एक युवतीको भूमिका अभिनेत्री प्रियंकाले निभाएकी छन् ।
ट्रेलरले काठमाडौंमा हुने तीन भिन्नभिन्न कथालाई देखाएको छ । यो चलचित्रमा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ ।
संगीता श्रेष्ठले यो चलचित्रको निर्देशन गरेकी हुन् । कथा पनि उनकै हो । ट्रेलर सार्वजनिक कार्यक्रममा उनले ‘रातको कुरा’ गीतमा इन्टिमेट सिन राख्नुको कारण ट्रेलरबाट प्रस्ट भएको बताइन् । सो दृश्य कथाको माग अनुसार नै गीतमा राखिएको उनको भनाई छ ।
अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । उक्त चलचित्रमा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् ।
ट्रेलर हेर्नुहोस् :-




