अभिनेता अनमोल केसीले नयाँ चलचित्र ‘ब्याचलर बन्टी’ मा नव अभिनेत्री उकुसा गिरीसँग रोमान्स गर्ने पक्का भएको छ ।
मिस एसिया नेपाल (बेस्ट पसर्नालिटी), मिस एसिया (मिस ब्युटीफूल आइज), मिस एसिया २०१७ की विजेता समेत रहेकी उनले यही चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।
हालै उकुसा र निर्माता सुदिप खड्कावीच औपचारिक सम्झौता भएको छ । दशैंपछि छायांकन सुरु हुने ‘ब्याचलर बन्टी’ लाई मिलन चाम्ले निर्देशन गर्दैछन् । कमेडी/लभस्टोरी जानरामा निर्माण हुने चलचित्रमा अनमोल बनिष तिमल्सेना उर्फ ‘बन्टी’ को भूमिकामा देखिनेछन् ।
चलचित्रको सम्पूर्ण छायांकन यूरोपमा हुने निर्देशक चाम्सले बताए । महंगो लागतमा निर्माण हुने चलचित्रको प्रदर्शन मिति फागुन १७ गतेलाई तोकिएको छ ।