‘हजार जुनी सम्म’ लाई हिरो खोज्दै ‘नाईं नभन्नू ल’ निर्देशक



चर्चित निर्देशक विकासस राज आचार्यले हिट सिरिज ‘नाईं नभन्नू ल’ को छैटौं सिरिज अगाडि नयाँ नाममा चलचित्र बनाउने भएका छन् ।

‘हजार जुनी सम्म’ नाम जुराइएको चलचित्रको निर्माण यसै वर्ष हुने भएको छ । अहिले निर्देशक आचार्य चकलेटी हिरोको खोजीमा छन् ।

उनले चलचित्रका लागि आकर्षक जीउडाल, लुक्स र अभिनय राम्रो भएको नव-नायक चाहिएको बताए । सामिप्यराज तिमल्सिना र निर्देशक आचार्य अहिले स्क्रिप्टको फाइनल ड्राफमा काम गरिरहेका छन् ।


स्रोतका अनुसार, ‘हजार जुनी सम्म’ मा अभिनेत्री स्वस्तिमा खड्का लिड रोलमा हुने प्रवल सम्भावना छ । उनले चलचित्रको वान लाइन स्टोरी सुनिसकेकी छिन् भने काम गर्न इच्छुक पनि देखिएकी छन् । अहिले चलचित्रमा कुनै कलाकार फाइनल भएका छैनन् ।

‘नाईं नभन्नू ल’ का हरेक सिरिजमा निर्देशक विकास राज आचार्यले बाल कलाकार अनुभव रेग्मीलाई छुटाएका छैनन् । यो प्रोजेक्टमा भने उनी नहुने भएका छन् । अनुभवकी आमा कविता निर्माता रहने उक्त चलचित्र लभस्टोरी जनरामा निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu