साम्राज्ञी र सारुकको भावीले जुराएको जोडी (भिडियो)



असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको रेनाशा वान्तवा राई निर्देशित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को तेस्रो गीत ‘जुरायो जुरायो…’ सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिम र कलाकारकोे उपस्थितिमा गीत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको छ । राजेश पायल राई र मेलिना रार्ईको स्वर रहेको गीतमा चलचित्रका दुई लिड कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र सारुक ताम्राकार फिचर्ड छन् ।

साम्राज्ञी र सारुकको इन्गेजमेन्ट हुनुअघिको रमझमलाई भिडियोमा उतारिएको छ । गीतमा सेटअपदेखि कलाकारको पहिरनमा विशेष ध्यान दिइएको छ । यो चलचित्रमा डेब्यु ब्वाई धिरज मगरको पनि प्रमुख भूमिका छ ।


‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।

आई कोर फिल्मस्को व्यानरमा निर्मित फिल्मका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । चलचित्रको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।


शैलेन्द्र धोज कार्कीको छायांकन रहेको चलचित्रमा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu