कान्तिपुर टेलिभिजनमा टेलिफिल्म ’कथा प्रेमका’ निर्देशन गर्दै आफुलाई भिजेसँगै निर्देशकको रुपमा समेत परिचित गराएकी संगीता श्रेष्ठ पछिल्लो समय चलचित्र ’कथा काठमाण्डू’ को काममा व्यस्त छिन ।
टेलिफिल्मको अनुभवसँगै पुस्तक ’कथामा अल्झिएका प्रेम’ समेत लेखेकी संगीताको लेखन र निर्देशनमा तयार भएको चलचित्र ’कथा काठमाण्डू’ पछिल्लो समय चर्चामा छ ।
‘रातको कुरा’, ‘जुन अनि तारालाई’ र त्यसपछि टाइटल गीत ’कथा काठमाण्डू’ रिलिज पछी ट्रेलर समेत सार्वजनिक गरिसकेको युनिटले अब मोफसलमा आफ्नो प्रचारलाई अगाडी बढाउदैछ ।

भाद्र २२ बाट सुरु हुने मोफसल टुर अन्तरर्गत इटहरी, धरान, दमक, हेटौडा, नारायणगढ, बुटवल, दाङ र पोखरा लगायतका सहरमा पुगेर चलचित्रको बारेमा जानकारी गराउनेछ । युनिट मोफसल टुर अन्तर्गत नै पथरी, धरान, चितवन र दाङ लगायतका स्थानको महोत्सवमा समेत सहभागी हुनेछ ।
काठमाण्डौलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई चलचित्रमा चित्रण गरिएको छ । असोज १२ मा रिलिज हुने यस चलचित्रमा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ ।
आहाना फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा विजय राइको लगानी छ । चलचित्रमा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन । चलचित्रलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् ।
भारत रेग्मीको कलर र भीएफएक्स रहेको चलचित्रको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।




