‘जय भोले’ को कमेडी ट्रेलर सार्वजनिक (भिडियो)



दशैंमा प्रदर्शनमा आउन लागेको प्रतिक्षीत चलचित्र ‘जय भोले’ को कमेडी संवादले भरिएको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक गर्न बिहीवार निर्माण टिमले राजधानीमा एक कार्यक्रम राखेको थियो ।

ट्रेलरमा प्रेम, द्वन्द्व, हाँसो, रोदन सबै कुरालाई समेट्ने प्रयास गरिएको छ । चलचित्रको कथासारलाई ट्रेलरमार्फत् प्रस्ट्याईएको १२ वर्षपछि निर्देशनमा कमब्याक गरेका अशोक शर्माले बताए । चलचित्रभित्रकै कुरा ट्रेलरमा रहेको उनको भनाई छ ।


अभिनेत्री स्वस्तिमा खड्कालाई पाउन तीन पुरुष पात्रको तछाडमछाडलाई ट्रेलरमा कमेडी शैलीमा देखाइएको छ । निर्माण टिमले चलचित्रलाई ‘मनोरञ्जनको फुल डोज’ भनेको छ ।

यस चलचित्रको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्ममा उनी प्रमुख भूमिकामा छन् । सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ ।

ह्युमर तथा सोसल कमेडी ड्रामामा निर्मित ‘जय भोले’ को बजेट १ करोड ६० लाख बताइएको छ । निर्देशक शर्माको चलचित्रमा निर्माण र अभिनय पनि छ ।

झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu