दशैंमा प्रदर्शनमा आउन लागेको दीपाश्री निरौला निर्देशित तेस्रो चलचित्र ‘छक्का पञ्जा ३’ को पहिलो गीत ‘पहिलो नम्बरमा’ ले पनि रिलिज अगावै रेकर्ड बनाएको छ ।
यूट्युबमा अपलोड भएको ३६ दिनमा उक्त गीतमाथि करोड बढी दर्शकको नजर परेको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले करोडको केट काट्दै खुसीयाली मनाएको छ ।
गजबको संयोग के भयो भने गीतले करोड भ्यूज पाउनु र यसका संगीतकार दीपक शर्माको जन्मदिन एकैदिन परेको छ । निर्माण टिमले करोड भ्यूजको केकसँगै संगीतकार शर्माको जन्मदिन पनि एकसाथ मनाएको छ । निर्देशक दीपाश्रीले गीतले पाएको सफलताले हर्षित भएको बताइन् ।
निर्माता, कलाकार तथा लेखक दीपाकराज गिरीले गीतबाट पाएको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको बताउँदै चलचित्र पनि उत्कृष्ट बनेको बताए । विन्दु परियार र डेभिड शंकरको स्वर रहेको ‘पहिलो नम्बरमा’ गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।
दीपकराज गिरी, केदार घिमिरे, संजोग कोइराला, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ, स्वस्तिमा खड्का, बर्षा राउत र दीपाश्री निरौलालाई यो गीतको भिडियोमा हेर्न सकिन्छ । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।
चलचित्रमा दीपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको ‘छक्का पञ्जा ३’ ले कमेडी कथामा सामाजिक सन्देश बोकेको बताइएको छ ।
गीत हेर्नुहोस् :-