किन गोपीकृष्णमा नलाग्ने भयो ‘रामकहानी’ ?



चाबहिलस्थित गोपीकृष्ण हलमा वर्षको प्रतिक्षीत चलचित्र ‘रामकहानी’ नलाग्ने भएको छ । पर्दा बाँडफाँडमा विवाद उत्पन्न भएपछि वितरक सुनिल मानन्धरले गोपीबाहेक देशका सबै हलमा चलचित्र लाग्ने जानकारी दिए ।

बिहीवार दिउँसोसम्म ३ हजार बढी दर्शक क्षमता रहेको गोपीको दुई पर्दा गोपी र कृष्णमध्ये एक हल ‘रामकहानी’ लाई दिने सहमती भएको थियो । तर, भित्तामा फिल्मको ब्यानर टाँगिएपछि २ सय सिट क्षमताको नमः दिने भएपछि चलचित्र नलगाउने निर्णयमा निर्माण टिम पुगेको हो ।

गोपीकृष्णले ‘रामकहानी’ लाई ठूलो हल नदिनुको पछाडि आफ्नै ब्यानरको चलचित्र ‘रोज’ हो । दुबै फिल्म शुक्रवार प्रदर्शनमा आउँदैछन् ।


‘रामकहानी’ वितरक मानन्धर भन्छन्, ‘दर्शकलाई दुबै चलचित्रको प्रतिक्षा छ । आफ्नो चलचित्र छ भनेर अरु चलचित्रमाथि अत्याचार गर्नु कति जायज हो ? भिड्न डराउनेले किन चलचित्र रिलिज गर्न आँट गर्नु ?’ उनले ‘रामकहानी’ गोपीकृष्णमा नलागेपनि घाटा नहुने बताए ।

दर्शकमाझ व्यग्र प्रतिक्षा भइरहेको चलचित्र नलाग्नु हल सञ्चालक र निर्माता दुबैलाई घाटा हो । गोपीकृष्णबाट निर्माताले सर्वाधिक सेयर हात पार्ने गरेका छन् ।

‘रामकहानी’ लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । यसमा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठका अलावा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राईलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu