‘रोज’ मा मिरुनाको उत्कृष्ट काम



शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘रोज’ को राजधानीको बिग मुभिजमा स्पेशल शो राखिएको छ । चलचित्रका निर्देशक, निर्माता र पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।

सस्पेन्स-क्राइम-थ्रीलर जनराको यो चलचित्रले पाइलट बन्नका लागि अध्ययन गरिरहेको एक युवकको प्रेम जीवनमा आउने उतारचढावको कथा चलचित्रले वाचन गरेको छ । प्रदीपको अपोजिटमा अभिनेत्री द्वय परमिता आरएल राणा र मिरुना मगर छन् ।


चकलेटी ब्वाई प्रदीपको फरक गेटअप र रोजी महर्जनको हत्या प्रकरणबाट प्रेरित रहेको चर्चाले चलचित्रप्रति जो कोहीको नजर निर्माण अगावैदेखि अडिएको थियो । शुक्रवार बिहान चलचित्रको ओपनिङ अकुपेन्सी ४० प्रतिशतको आसपास छ ।

स्पेशल शो अधिकांशले अभिनेत्री मिरुना मगरको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् । वकिलको भूमिका निर्वाहा गरेकी उनको सुन्दरता, अभिनय र डाइलग डेलिभरी उम्दा छ ।

‘लालपूर्जा’ बाट अभिनयमा डेब्यु गरेकी उनलाई अझै केही मिहिनेत गरेको खण्डमा नेपाली चलचित्र क्षेत्रले सम्भावना बोकेको नायिकाको रुपमा हेर्न सक्नेछ ।

‘रोज’ को कथावस्तु नयाँ छ । आफ्नै प्रेमिकाको हत्या गर्न एक प्रेमि कसरी विवश हुन्छ भन्ने कुरा चलचित्रले देखाउन खोजेको छ । पछिल्लो समय समाजमा घटिरहेका घट्नालाई चलचित्रमा सटिक ढंगबाट उतार्न खोजिएको छ ।

चलचित्र हेर्न पुगेका रोजी महर्जनका पिता गोबिन्द महर्जनले छोरीको हत्या प्रकरणसँग चलचित्र नमिलेको बताए । ‘नाम मिलेको थियो । हाम्रो आग्रहमा निर्माता/निर्देशकले नाम परिवर्तन गर्नुभयो । अदालतका केही दृश्यहरु मिलेका छन् । बाँकीमा हाम्रो दुखेसो छैन’, उनले भने ।


नीरक पौडेल निर्देशित १ घण्टा ३० मिनेटको ‘रोज’ मा प्रदीपको अभिनय र फरक लुक्स जबर्जस्त छ । अभिनेत्री परमिता आफ्नो भूमिकामा फिट छिन् । डिएसपीको भूमिकामा रहेका अभिनेता कर्माको काम पनि उत्कृष्ट छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu