चलचित्र ‘दैलो’ को आइटम गीत ‘लाग्यो मलाई….’ सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल पवन पाठकले ठुम्का लगाएकी छन् ।
कात्तिक ३० गतेबाट देशैभर प्रदर्शनमा आउने यस चलचित्रको सार्वजनिक गीतमा दुर्गा साउदको गायन रहेको गीतमा विमल भट्टराईको शब्द र लक्षु प्रकाश मल्लको संगीत सुन्न सकिन्छ ।
सुरेश उप्रेतीको निर्माण तथा निर्देशन रहेको चलचित्रमा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ ।
जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा निर्माण गरेका हुन् । निर्देशक उप्रेतीले बनिरहेका चलचित्रभन्दा ‘दैलो’ फरक रहेको बताए ।
उक्त चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ ।
गीत हेर्नुहोस् :-