असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तरखरमा रहेको चलचित्र ‘बाँध मायाले’ को डान्सिङ नम्बरको ‘आउने जाने …’ गीत सार्वजनिक भएको छ । गीतमा दुर्गा खरेल, ध्रुव विस्को र सुरेश लामाको स्वर छ ।
लोकराज अधिकारीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको भिडियोमा आर्यन र सृष्टिसँगै कलाकार राजाराम पौडेललगायत फिचर्ड छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

गीत रिलिजसँगै निर्माण पक्षले कभर डान्स प्रतियोगिताको पनि घोषणा गरेको छ । एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको कभर डान्स असोज ५ गतेसम्म हुनेछ । नतिजा भने असोज ८ गते आउने निर्देशक तथा निर्माता सविर श्रेष्ठले बताए ।
चलचित्रलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ ।
‘बाँध मायाले’ मा रविन्द्र प्रताप सेन र विशाल चाम्लिङलगायतको पनि अभिनय छ । यसै चलचित्रबाट किशोर खड्का नायकको रुपमा आउँदैछन् ।
भिडियो :-




