सामाजिक कथावस्तुमा निर्मित चलचित्र ‘गुनगुन’ को टीजर सार्वजनिक भएको छ । टीजरमा प्रेम र द्वन्द्वको समिश्रण छ । कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई पुकार भट्टराईले निर्देशन गरेका हुन् ।
प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिताका अलावा रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाललगायतको अभिनय रहेको छ ।
चलचित्रमा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ । अस्ट्रेलियामा सेप्टेम्बर ३० मा वल्ड प्रिमियर हुने प्रेम कथामा आधारित ‘गुनगुन’ ले भरपुर मनोरञ्जन दिने निर्माण युनिटको भनाइ छ ।
भिडियो :-