मनोज गजुरेलको ‘सयकडा दश’ बाट चलचित्रमा डेब्यु



हास्यकलाकार मनोज गजुरेलले पहिलो पटक चलचित्रमा अभिनय गरेको ‘सयकडा दश’ को प्रदर्शन मिति घोषणा गरिएको छ । भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको उक्त चलचित्र माघ १८ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

रामशरण पाठक निर्देशित चलचित्रले भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा भन्छ । गजुरेलसहित राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय रहेको चलचित्रलाई पाठकले लेखेका हुन् ।


‘चलचित्रले सामाजिक र सांस्कृतिक सन्देश दिन्छ र यसको कथावस्तु मनपरेकैले चलचित्र गरेको हुँ’ चलचित्रबारे गजुरेलले भने । रंगमञ्च अभिनयले फिल्म करियरमा सजिलो भएको उनले उल्लेख गरे ।

अभिनेता राजाराम पौडेलले ‘सयकडा दश’ लाई आफ्नो फिल्मी करियरकै सर्वोत्कृष्ट चलचित्रको रुपमा व्याख्या गरे । ‘मैले करियरमा जति फिल्म खेलेँ, तीमध्येको उत्कृष्ट हो’ उनी सुनिए, ‘चलचित्र हेरिसकेपछि दर्शकले मनभित्र जतन गरेर राख्नेछन् ।’

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सह-निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu