‘छिरिङ्ग’ को एक्सन प्याक्ड ट्रेलर रिलिज (भिडियो)



असोज १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छिरिङ्ग’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा प्रेम र द्वन्द्व देखाइएको छ ।

गायक तथा नायक द्वय निमा रुम्बा र यशकुमार स्टारर यस चलचित्रमा कामना भुजेल सोलो हिरोइनको रुपमा छिन् ।

यशकै निर्देशन रहेको ‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यश र याम थापाले मिलेर लेखेका हुन् ।

दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व चलचित्रको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu