‘छक्का पञ्जा ३’ को दोस्रो गीत रिलिज, दीपिकालाई फकाउँदै दीपक (भिडियो)



दशैँमा प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’ को दोस्रो गीत ‘पछि उमेर ढल्किन्छ’ सार्वजनिक भएको छ ।

नवलपरासीस्थित सास्वत धाममा खिचिएको गीतको भिडियोमा अभिनेत्री दीपिका प्रसाइँ, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ फिचर्ड छन् ।

निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको शब्द अर्जुन र दीपकराज गिरीले लेखेका हुन् । पुरुषोत्तम प्रधानले खिचिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

दीपाश्री निरौला निर्देशित यस चलचित्रको खातामा अर्को हिट नम्बर थपिने पक्का छ । संगीतपक्षकै कारण उक्त चलचित्रको दुई सिरिजले बक्सअफिसमा आक्रामक इनिसियल व्यापार गर्न सफल भएको थियो । ‘पछि उमेर ढल्किन्छ…’ का कारण ‘छक्का पञ्जा ३’ लाई पनि ठूलो फाइदा हुने धेरैको अनुमान छ ।

चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको बताइएको छ । यसको कथा दीपक आफैंले लेखेका हुन् । चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् ।

‘छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका छ भने अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला गेस्ट रोलमा छन् । अभिनेत्री बर्षा राउत ‘पहिलो नम्बरमा’ गीतमा मात्र छिन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu