‘रामकहानी’ हेरेपछि भुवन र रेखाले भने ‘परफेक्ट फिल्म’



शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी’ ले घरेलू बजारमा सुखद कलेक्सन गरिरहेको छ । प्रदर्शनको दुई दिनमा ७० लाख ग्रस कलेक्सन गरेको यो चलचित्रलाई वड अफ माउथ निकै राम्रो मिलिरहेको छ ।

आइतवार राजधानीको कुमारी हलमा चलचित्रको विशेष शोज राखिएको थियो । भुवनकेसी, रेखा थापा, दीपकराज गिरी, शोभित बस्नेत, जय किशन बस्नेतलगायत उपस्थित थिए । चलचित्र हेरेपछि अधिकांशले पूजाको अभिनयको प्रशंसा गरे ।

उनको अभिनयमा परिपक्कता आएको धेरैको भनाई छ । अभिनेता भुवनले त उनलाई नेपालको ‘नम्बर वान नायिका’ नै भनिदिए । ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ र हाल ‘रामकहानी’ हिट दिएको भन्दै उनलाई बधाई पनि दिए ।


उनले निर्देशक सुदर्शन थापाको मिहिनेतको पनि प्रशंसा गरेर थाकेनन् । ‘एउटा पूर्ण प्याकेजको चलचित्र हो ‘रामकहानी’ । आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राईलगायतका कलाकारहरुको अभिनय उत्कृष्ट छ । दर्शकलाई चलचित्रले निराश बनाउँदैन’, उनले भने ।

रेखाले पनि एकपटक हेर्ने पर्ने चलचित्र भएको बताइन् । उनी भन्छिन्, ‘सुदर्शन त मेरो फभरेट डाइरेक्टर हो । उसको चलचित्र मलाई औधि मन पर्छ । रामकहानी पनि उत्कृष्ट छ । पूजा र आकाशको जोडी ‘बेस्ट’ छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu