भ्यालेन्टाइन डेमा लाग्ने भयो स्वस्तिमाको ‘बुलबुल’



अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको चलचित्र ‘बुलबुल’ २५ दिनमा छायांकन सकिएको छ । छायांकन सकिएसँगै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ ।

निर्देशक बिनोद पौडेलले एउटा गीतको काम बाँकी राखेर चलचित्रको काम सकाएको बताए । ‘आउटडोरमा सेट नै लगाएर खिच्न पर्ने गीत छ । मौसम अझै सफा भइसकेको छैन । त्यही कारणले त्यो गीत दसैं-तिहारको बीचमा खिच्ने गरी अहिलेलाई प्याकअप गरेका हौं, ’पौडेलले भने ।


‘साँघुरो’ का लेखक पौडेलको फिचर चलचित्रमा यो डेब्यु निर्देशन हो । चलचित्रले टेम्पो चालक महिलाको दुनियाँलाई पर्दामा प्रस्तुत गर्नेछ । चलचित्रमा स्वस्तिमाले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् ।

उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । चलचित्रमा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पो चालक साथीको भूमिका निर्वाह गरेकी छिन् । निर्माता अबिरल थापाले चलचित्र भ्यालेन्टाइन डेको अवसरमा रिलिज हुने जानकारी गराए ।

‘नेपाली मिति अनुसार फागुन ३ गते चलचित्र रिलिज गर्ने निर्णय गरेका छौं, ‘थापाले भने, ‘डायस्पोराका केही देशमा प्रिमियर गरेर बल्ल रिलिज गर्ने सोच अनुरुप फागुनको समय राखेका हौं ।’


चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् ।

चलचित्रमा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ । चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu