‘लभ स्टेशन’ मा जसिता र प्रदीपको जोडी



चलचित्र ‘लिलीविली’ को जोडी प्रदीप खड्का र जसिता गुरुङ फेरी जोडी बनेर चलचित्र ‘लभ स्टेशन’ मार्फत दर्शकमाझ आउने भएका छन् ।

आगामी ५ असोजबाट दार्जिलिङ देखि छायांकन सुरु गरिने यो चलचित्रको निर्देशन उज्ज्वल घिमिरेले गर्दैछन् । चलचित्रको कलाकार चयनपछि निर्माण पक्षको यसको कलाकार सूची सार्वजनिक गरेको छ ।

चलचित्र ‘लभ स्टेशन’ मा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाहलगायत चयन भएका छन् ।

ठाउँको नामको आधारमा चलचित्रको नाम लभ स्टेशन जुराएको निर्देशक उज्ज्वल घिमिरेले बताए । चलचित्रको कथामा प्रदीप र जसिताको जोडी सही भएकाले आफुले फिल्म गर्न तयार भएको पनि उनले बताए ।

चलचित्रको कथा उज्ज्वलकै हो । यसलाई उनले आफ्नो ड्रिम्स् प्रोजेक्सट भनेका छन् । यस्तै अभिनेता प्रदीपले पनि चलचित्रको स्क्रिप्ट साह्रै राम्रो पाएको र सिनियर निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्न पाउँदा साह्रै खुसी लागेको बताए ।

यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको चलचित्र भन्दा केही पृथक ‘लभ स्टेशन’ बन्ने पनि उनले बताए । अभिनेत्री जसिताले पनि उज्ज्वल घिमिरे आफ्नै सफल निर्देशक भएकोले काम गर्ने चाहना रहेको बताइन् ।

काफिया फिल्म्स्सँग पहिला पनि ‘लिलीबिली’ मा काम गरेको र यही व्यानरले प्रदीपसँग आफुलाई चयन गरेको हुँदा खुसी लागेको जसिताले बताईन् । यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाही हुन् ।

५ असोजबाट दार्जिलिङबाट छायाँकन सुरु हुने लभ स्टेशनको कालिङपोङ, सिक्किम, फिक्कल लगायतका स्थानमा छायांकन गरिने छ । ४५ दिन छायाँकन अबधि तय गरिएको यो चलचित्र आगामी फागुनको अन्तिम साता प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षको छ ।

आलोक शुक्लाको छायांकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu