प्रदीपसँग प्रेम छैन : जसिता गुरुङ



अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ पुनः दोस्रो पटक काम गर्दैछन् । यसअघि चलचित्र ‘लिलिबिली’ मा देखिएको यो क्यूट जोडीलाई अब दर्शकले ‘लभ स्टेशन’ मा हेर्न पाउनेछन् ।

‘लिलिबिली’ जसिताको डेब्यु थियो । यसले उनलाई रातारात स्टार बनायो र डिमान्डेड पनि । चलचित्र हेरेपछि अधिकांशले उनको अभिनय र सुन्दरताको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

‘लिलिबिली’ रिलिजको बेलादेखि प्रदीप र जसिताको अफेयरको खबर मिडियाको लाइमलाइटमा छ । यस विषयमा प्रदीपले खण्डन गरेपनि जसिता लण्डनमा भएका कारण मौन थिइन् ।

सोमवार उनी प्रदीप अभिनीत नयाँ चलचित्र ‘रोज’ हेर्न राजधानीको कुमारी हल पुगेकी थिइन् । जसिताले चलचित्र हेरेर निस्कँदै गर्दा प्रदीपको कामको तारिफ गरिन् । उनले दर्शकलाई पनि हेर्न आग्रह गरिन् ।


यस्तैमा उनको छेवैबाट प्रदीप मिडियासँग तर्किदै निस्किए । प्रदीपसँग अफेयरको चर्चामा कति सत्यता छ ? सञ्चारकर्मीको प्रश्नको जवाफ दिन उनी हिचकिचाइनन् । सहजै भनिन्, ‘म उहाँको शुभचिन्तक हुँ । फ्यान हुँ । साथी हौं हामी । तर, प्रेम छैन ।’

उनले आफू अहिले करिअरप्रति चिन्तित रहेको बताइन् । चलचित्र हेर्न हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) पनि पुगेका थिए । उनले ‘रोज’ को कथावस्तु नयाँ लागेको बताए । उनी चाँडै पहिलो पटक आफ्नो लगानीमा कमेडी चलचित्र ‘एन्टिभाइरस’ बनाउँदैछन् ।


सो चलचित्रप्रदीपलाई अप्रोज गरिएको खबर छ । ‘उहाँ कमेडी फिल्म गर्न इच्छुक हुनुहुन्छ । अफर भने गरेका छैनौं । हेरौं के हुन्छ’, उनले पत्रकारको प्रश्नको जवाफ फर्काए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu