‘रामकहानी’ अमेरिका-अष्ट्रेलियामा प्रदर्शन हुने



शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी’ अब विश्वका विभिन्न देशमा रिलिज हुने भएको छ । यूरोप, अष्ट्रेलिया, अमेरिकामा यो चलचित्र रिलिज हुन लागेको निर्देशन सुदर्शन थापाले जानकारी दिए ।

उनका अनुसार, चलचित्रको प्रदर्शन सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा हुँदैछ । यसपछि अमेरिकाका विभिन्न राज्यमा यो चलचित्र रिलिज हुनेछ । यस्तै, चलचित्र अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुने तयारीमा छ ।

यस्तै, चलचित्रको यूरोप प्रदर्शन डेनमार्कबाट सुरु हुँदैछ । डेनमार्कपछि चलचित्रको प्रदर्शन पोल्याण्ड, स्पेन, पोर्चुगल, जर्मन लगायतका १० वटा देशमा हुनेछ । कतार, ओमान, जापान, बहराइन लगायतका देशमा पनि चलचित्र चल्ने पक्का भएको निर्देशक सुदर्शन थापाले जानकारी दिए ।

सुदर्शनले भने– ‘नेपालमा सफल प्रदर्शन र सकारात्मक समिक्षा आएपछि विश्वभरबाट चलचित्रको डिमाण्ड आइरहेको छ । हामी, विश्वभर रहेका नेपाली दर्शकहरुमाझ चलचित्र प्रदर्शन गर्ने तयारीमा छौ ।’

पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘रामकहानी’ को कमेडी संवाद, कथावस्तु, क्लाइमेक्स र गीतसंगीतले दर्शकलाई आकर्षित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu